Logo

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा विकाश थापाद्वारा उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिवद्धता



काठमाडौं, ७ चैत । नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको केन्द्रीय अध्यक्षमा विकाश थापाले उम्मेदवारी घोषणा गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले उम्मेदवारी घोषणा र प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । थापा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको संस्थापक सदस्य हुन् । उनी नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसको पूर्व महासमिति सदस्यसमेत हुन् । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन चैत्र ८ र ९ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुँदैछ । महाधिवेशनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यतालिका रहेको छ ।

अध्यक्ष पदका उम्मेदवार थापाले अपाङ्गता भएका नागरिकहरूको समान हक, अधिकार, सम्मानित जीवन र समावेशी लोकतन्त्रको सशक्त आधार तयार पार्ने संकल्पको साथ महाधिवेशनमा होमिएको बताए । उनले महाधिवेशनमार्फत अपागता भएका व्यक्तिहरूको नेतृत्वलाई स्थापित गर्दै कांग्रेसलाई थप जनउत्तरदायी, समावेशी र संघर्षशील बनाउनुपर्ने ऐतिहासिक जिम्मेवारी बोक्न आफू तयार रहेको पनि सुनाए ।

अध्यक्ष पदका उम्मेदवार थापाका प्रतिवद्धताहरुः

हाम्रो राजनीतिक यात्रा संयोगले जन्मेको होइन, यो संघर्ष, त्याग र अटूट निष्ठाले निर्माण भएको हो। नेपाली कांग्रेसको लोकतान्त्रिक समाजवाद, मानवअधिकार, समानता, समावेशिता र सामाजिक न्यायका मूल्यमान्यताले हामिलाई प्रेरित गरिरहेको छ सशस्त्र माओवादी द्वन्द्रको कठिन समयमा लोकतन्त्रको पक्षमा उभिँदा हामिमाथि अपमान, भौतिक आक्रमण र सामाजिक बहिष्करणका अनेकौ धम्कि र चेतावनिहरु नआएका होइनन्। तर ति धम्की र चेतावनिहरुको कुनै प्रवाह नगरी लोकतन्त्रको पक्षमा उभिरह्यौ । २०६२/६३ को जनआन्दोलनमा प्राणको प्रर्वाह नगरी प्रत्यक्ष संघर्षमा होमियौ। अपाङ्ता भएका व्यक्तिहरुको हक, अधिकार स्थापित गर्ने आन्दोलनमा सामेल हुँदा व्यक्तिगत, पारिवारिक र सामाजिक रूपमा धेरै कठिनाइ व्यहोयाँ। तर यी संघर्षहरले हामिलाई झन् अडिग बनायो। हामि कहिल्यै पनि विचलित भएर पछाडि फर्केर हेरेनी बरु अझ दृढताका साथ कांग्रेसभित्र समावेशी राजनीति, समान अवसर र अपा भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष गर्दै आएका छौ। आज, यही महाधिवेशनबाट हामी आफ्नो प्रतिबद्धता दृढतापूर्वक व्यक्त गदै निम्न बुँदाहरूलाई कार्यान्वयन गर्ने प्रण गर्दछौः

  • नेपाली कांग्रेसको समावेशी पुनसंरचना र विधान सुधार।
  • पार्टी विधानलाई संशोधन गरी अपाङ्गता भएका व्यक्तिहरूको समान प्रतिनिधित्व अनिवार्य गर्ने।
  • पार्टीका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिहरूको निर्णायक सहभागिता सुनिश्चित गर्ने
  • समावेशी लोकतन्त्रलाई संस्थागत गर्न नेपाली कांग्रेसभित्र नीति निर्माण तहदेखि स्थानीय तहसम्म समावेशी मापदण्ड लागू गराउने
  • संविधान संशोधन गरी अपाडता भएका व्याक्तिहरूको राजनीतिक अधिकारको सुनिश्चितता गरी समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्ने ।
  • संगठन सुदृढीकरण र पार्टी सशक्तीकरण अभियान संचालन गर्ने ।
  • राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघलाई नेपाली कांग्रेसको प्रभावशाली भातृ संगठनको रूपमा स्थापित गर्ने।
  • राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको संगठन देशव्यापी रूपमा विस्तार गर्दै अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सशक्तीकरण गर्ने।
  • अपाङ्गता भएका व्यक्तिहरुलाई नेतृत्वमा अघि बढाउने तालिम, क्षमता विकास र सचेतना कार्यक्रम सञ्चालन गर्ने
  • अपाङ्गता भएका नागरिकहरूको आर्थिक, सामाजिक र रोजगारी सुनिश्चितता गर्ने ।
  • अपाङ्गता उद्यमशीलता कोष स्थापना गरी बिना धितो सहुलियतपूर्ण ऋणको व्यवस्था गराउन पहल गर्ने।
  • अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी विशेष रोजगारी, व्यवसायिक तालिम तथा स्वरोजगार कार्यक्रम सञ्चालन गराउन पहल गर्ने।
  • शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, आवासलगायत क्षेत्रमा अपाङ्ता भएका व्यक्तिहरुको पहाच सुनिश्चित गर्न कानूनी सुधार गराउन पहल गर्ने।
  • अपाङ्गता भएकाव्यक्तिहरुको लागि समान अवसर सुनिश्चित गर्ने कानूनी सुधार गराउन पहल गर्ने ।
  • सरकारी, गैरसरकारी, निजी तथा सार्वजनिक संस्थाहरूमा अपाङ्गता भएका व्यक्तिहरुको अनिवार्य प्रतिनिधित्वको कानूनी ग्यारेन्टी गर्ने।
  • सार्वजनिक यातायात, भौतिक पूर्वाधार र सरकारी सेवाहरू अपाङ्गता मैत्री बनाउने कानूनी व्यवस्था लागू गराउने।
  • अपाङ्गता भएका व्यक्तिहरुमाथि हुने हिंसा, विभेद र अन्याय विरुद्ध कड़ा कानूनी व्यवस्था गराउने।
  • अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने ।
  • अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा भत्तालाई जीवनयापन योग्य बनाउादै कानूनी रुपमा ग्यारेन्टी गर्ने।
  • अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्योपचार सुनिश्चित गर्दै हरेक प्रदेशमा अपार्टता विशेषज्ञ अस्पताल स्थापना गराउन पहल गर्ने।
  • अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने थप कार्यक्रमहरू लागू गराउने।
  • सामाजिक न्याय र समावेशी लोकतन्त्रका लागि निर्णायक आन्दोलन गर्ने ।
  • लोकतन्त्रको मूल आधार समावेशिता हो, त्यसैले नेपाली कांग्रेसलाई पूर्ण रूपमा समावेशी बनाउन निर्णायक भूमिका निर्वाह गर्ने।
  • अपाङ्गता भएका व्यक्तिहरुको मुद्दालाई नेपाली कांग्रेसभित्र नीति निर्माण तहसम्म पुयाउने ।
  • नेपाली कांग्रेसलाई सशक्त, पारदर्शी, उत्तरदायी र सामाजिक न्यायको पक्षधर बनाउन संघर्ष गर्ने।
  • हाम्रो अपिलस् समावेशी कांग्रेस समुद्र लोकतन्त्र
    राष्ट्रिय लोकतान्त्रिक अपाङ्गता संघको यो प्रथम महाधिवेशन केवल महाधिवेशनमा सीमित रहने छैन। यसले नेपाली कांग्रेसभित्र समावेशी लोकतन्त्रको जग बसाल्नेछा
    हामी नेपाली कांग्रेसलाई थप बलियो, न्यायसंगत र अपाङ्गता अधिकारमैत्री बनाउन हाम्रो उम्मेदवारीलाई समर्थन गर्न हार्दिक अपिल गर्दछौं। यो महाधिवेशन परिवर्तनको उद्घोष हो। यो महाधिवेशन समावेशी लोकतन्त्रको निर्माणको आधारशिला हो। यो महाधिवेशन अपाङता भएका व्यक्तिहरूको नयाँ आशाको किरण हो, हामी सशक्त ढंगले अघि बहुनेछ, हाम्रो राजनीति समावेशी हुनेछ, लोकतन्त्र न्यायसंगत हुनेछ, हाम्रो संघर्षले अन्ततः विजयको बाटो तय गर्नेछ। लोकतन्त्रको बलियो खम्बा समावेशिता र समान अवसर हो तसर्थ यहाहरूको अमुल्य समर्थनको अपेक्षा गर्दछौ।



प्रतिक्रिया दिनुहोस्