Logo

बाबुरामलाई मुख्यमन्त्री कार्की भनेः प्रदेश–१ होइन, यो प्रदेशको नाम कोशी हो



काठमाडौं, ७ चैत । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र मुख्यमन्त्री हिक्मत कुमार कार्कीबीच प्रदेशको नामलाई लिएर दोहोरी चलेको छ । आज (बिहीबार) डा. भट्टराईले ‘प्रदेश–१ को अभिमुखीकरण कार्यक्रमको सिलसिलामा सुनसरी झुम्कामा रंगीचंगी भेषभुसामा सजिएका थारू साँस्कृतिककर्मीहरूका साथ’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

डा.भट्टराईको उक्त पोस्टमा कमेन्ट गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘आदरणीय डाक्टर साब नमस्कार । कहाँ छ हजुर प्रदेश नं १ ?यो प्रदेश को नाम कोशी हो है ।’

पहिचानवादी दल र समूहहरुले अझै पनि प्रदेश नं. १ को नाम कोशी स्वीकार गरेका छैनन् । उनीहरुले प्रदेशको नाम पहिचानको आधारमा नामाङ्कन हुनुपर्ने बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्