Logo

विदेशीको इशारामा प्रसिद्ध गढीमाईमा दिईने बलीको विरोध गर्न पाईंदैन्: सांसद किसान श्रेष्ठ



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ किसानले बाराको प्रसिद्ध गढीमाई मन्दिरमा दिईने बलीको विरोध नगर्न चेतावनी दिएका छ्न ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको विषेश समयमा बोल्दै सांसद श्रेष्ठले गढीमाई मेला लाग्ने बेलामा विदेशीको इसारामा बलिको विरोध हुने गरेको भन्दै आपत्ति जनाए ।

‘गढीमाईमा लाग्ने प्रसिद्ध मेलामा घुम्न आउन म सबै माननीय सदस्यज्यूहरुलाई चुलेनिम्तो गर्दछु । नेपाल देशको मात्र नभएर एसियाकै प्रतिष्ठा र सन्सारकै सबैभन्दा धेरै बली दिईने सो मेलालाई सरकारले ध्यान दिएर उचित व्यवस्थापन गरोस् म माग गर्न चाहान्छु । जबजब बारा जिल्लाको गढीमाईको मेला आउँदछ । तबतब विदेशीको इसारामा हिन्दुहरुको आस्थामाथि प्रहार गर्ने नियत बोकेका समूहहरु सलबलाउन थालेको पाईन्छ । नेपालमा गढीमाईमा मात्र बली चढाउने हो ? म प्रश्न गर्न चाहान्छु । गढीमाईको बलीलाई कसैले पनि विरोध गर्ने प्रयास नगरोस’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्