Logo

सहकारी ठगी प्रकरणः समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउन सभामुख घिमिरेको निर्देशन



काठमाडौं, ३१ भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यन्वयनका लागि सरकारलाई पठाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन् । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले आज संसद्मा प्रतिवेदन पेश गरेका थिए ।

समितिले तीन महिनाभन्दा बढी समय लगाएर अनुसन्धान गरी प्रतिवेदन तयार गरेको थियो । कूल सात सदस्यीय उक्त समितिका सदस्यहरुले आज प्रतिवेदनमा हस्ताक्षर गरेका थिए । कार्यदेशमा उल्लेखित सहकारी संस्थासहित ४० वटा सहकारीको वित्तीय विश्लेषण गरिएको सभापति थापाले जानकारी गराए ।

उनले ती सहकारीहरु अप्ठ्यारो र बचत दुरुपयोगको समस्याबाट गुज्रिरहेको पनि जानकारी गराए । अध्ययनका क्रममा बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुमा सबैभन्दा बढी समस्या पाइएको पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्