Logo

‘रावायण’ फ्लप भएपछि पल अभिनित अर्को चलचित्र ‘मायावी’को रिलिज डेट सर्‍यो



काठमाडौं । आगामी कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने भनिएको नेपाली चलचित्र मायावीको प्रदर्शन मिति सरेको छ । कार्तिक १५ को रिलिज डेट सरेसँगै दिवाकर भट्टराई निर्देशित सो चलचित्र अब पुस २६ गते प्रदर्शनमा आउने भएको छ ।

निर्देशक भट्टराईले प्रदर्शन मिति पोस्टपोन्ड भएको बताउँदै नयाँ मितिबारे जानकारी दिएका हुन्। अब कात्तिक १५ गते तिहारको अवसरमा प्रकाश सपुत र विजय बराल अभिनित ‘पूर्ण बहादुरको सारंगी’ र प्रदीप खड्काको ‘एक्टरस् टेक वन’ मात्रै रिलिज हुनेछन्।

‘हाम्रो नयाँ चलचित्र नरसिंहा को चलचित्रको छायांकन र अन्य विविध कारण ले हाम्रो चलचित्र मायावी यहाँबाट पौष २६ मा पुगेका छौं,’भट्टराईले फेसबुकमा लेखेका छन्।

मायावीमा पल शाहको मूख्य भूमिका रहेको छ । अल अभिनित अर्को चलचित्र रावायण हाल हलमा प्रखर्शनरत छ । तर, सो चलचित्रले अपेक्षित व्यापार गर्न भने सकेन । पलले अभिनय गरेको सो चलचित्र फ्लप भएपछि तत्काल जोखिम नमोल्न निर्माण पक्षले मायावीको मिति सारेको चर्चा भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्