Logo

समीक्षाको बढ्दो व्यस्तता, जापानपछि लगत्तै अमेरिका जाँदै



काठमाडौं । लोकप्रिय गायिका समीक्षा अधिकारीको व्यस्तता बढ्दो छ । केही समय विभिन्न कारणबाट चपेटामा परेकी समीक्षा पछिल्लो दिनमा भने पूरानै अवस्थामा फर्किएकी छन् ।

तीजको अवसर पारेर अष्ट्रेलिया र जापानलगायतका देशका साङ्गीतीक कार्यक्रम सकेर फर्किएकी उनी अब लगत्तै अमेरिका जाने भएकी छन् । नेपालीहरुको महान पर्व दशैको अवसर पारेर अमेरिकामा हुन लागेको कार्यक्रममा सहभागी हुन उनी अमेरिका जान लागेकी हुन् ।

वेभ इभेन्टस् यूएसको आयोजनामा हुने कार्यक्रममा अधिकारीसहित गायक प्रमोद खरेलपनि सहभागी हुनेछन् । दशैं तिहार विशेष कार्यक्रमको लागि जान लागेकी उनले अमेरिकाका विभिन्न शहरमा आफ्नो प्रस्तुती दिनेछिन् ।

चाडपर्वको अवसरमा नेपालीहरु बढीमात्रामा बसोबास गर्ने देशहरु अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा र दूवईलगायतका देशमा नेपाली कलाकारहरुको माग बढ्दो छ । विभिन्न टोली बनाएर कलाकारहरु लगातार विदेश गईरहेका छन् । साङ्गीतिक कार्यक्रमका लागि लगातार विदेश उड्नेमा अब समीक्षा पनि परेकी छन् ।



प्रतिक्रिया दिनुहोस्