Logo

बालेनको फोटो अंकित टिसर्ट लगाएका १४ जना युवा साढे ३ घण्टा प्रहरी नियन्त्रणमा



काठमाडौं, १ असोज । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको फोटो अंकित टिसर्ट लगाएर बसन्तपुर क्षेत्रमा गएका युवाहरुलाई प्रहरीले साढे ३ घण्टा नियन्त्रणमा लिएर छाडेको छ ।

बालेनको फोटो अंकित टिसर्ट लगाएर गएका १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरी वृत्त जनसेवामा राखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्