Logo

नेपालमा एआईसम्बन्धी कानुनको आवश्यक्ता बढ्दै गएको छः गोपालकृष्ण घिमिरे



काठमाडौं, १ असोज । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले मुलुकमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्बन्धी कानुनको आवश्यक्ता बढ्दै गएको बताएका छन् । आज (मंगलबार) बार एशोसिएशनको युवा सरोकार समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष घिमिरेले नयाँ पुस्ताका कानुन व्यवसायीहरुले एआईको बारेमा चासो राख्नुपर्ने र यसको कानुन पनि आश्यक रहेको बताएका हुन् ।

‘हामीले नेपालमा एआई सम्बन्धी कानुन नै बनाइसकेका छैनौं । संसार एआईलाई कसरी प्रयोग गर्ने ? भनेर अगाडि बढिसक्यो । हामीले पेपरलेस सिस्टमको विकास पनि गर्न सकेका छैनौं,’– अध्यक्ष घिमिरेले भने ।

एशोसिएशनकी महासचिव अञ्जिता खनालले आफूहरु भर्खरै एआईको जेनेरल कन्सेप्टमा अगाडि बढिरहेको बताईन् । साइबर ल लाई जोडेर एआईको केही प्रयोग भएको उनले सुनाईन् । ‘अन्तर्राष्ट्रिय रुपमा एआईको जति प्रयोग भइरहेको छ, त्यो बारेमा हामी किन अनभिज्ञ हुने भनेर बारमार्फत नै यसलाई अगाडि ल्याउनुपर्छ भनेर हामी लागेको हो,’– उनले भनिन् ।

बारको युवा सरोकार समितिले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न अदालतका न्यायाधीश, एआई क्षेत्रका विज्ञ, युवा कानुन व्यवसायी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्