Logo

रवि लामिछानेको नाम किटान गरेरै कारबाहीको सिफारिस गरेका छौं, क्लिन चिट दिएका होइनौं: समिति सभापति थापा (भिडिओसहित)



काठमाडौं,२ असोज । सहकारी रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन समितिका सभापति तथा नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले संसदीय छानबिन समितिको प्रतिवेदन सर्वसम्मत रुपमा आएको बताएका छन् ।

मंगलबार राती प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहान्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै थापाले समितिका सातै जना सदस्यको सर्वसम्मतीले प्रतिवेदन पास भएको बताएका छन् । थापाले समितिले रास्वपाका सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कुनैपनि क्लिन चिट नदिएको प्रष्ट पारेका छन् ।

‘समितिले जे निर्णय गरेको छ । भदौं ३१ गते दिउँसो हामीले जुन निर्णयमा सातै जना सदस्यले हस्ताक्षर गरेका छौं । सो प्रतिवेदनको निष्कर्ष, सुझाव र सिफारिस खण्ड सबै सञ्चार माध्ययममा पुगिसकेको छ । त्यो प्रतिवेदनको अंश स्वयं रवि लामिछानेलाई पनि पुगेको छ । कारबाहीको सिफारिस गर्ने भनेको अंग्रेजिमा भन्दा क्लिन चिट हो’ उनले प्रश्न गर्दै भने ‘हामीले रविसहितका मानिसको नाम किटान गरेर कारबाही सिफारिस गरेका छौं । समितिले गरेको निर्णय त्यति हो । के के निर्णय भएको भन्ने कुरा सबैलाई प्रष्ट भएको छ । सातै जना माननीयज्यूले हस्ताक्षर गर्नु भएको छ’ ।



प्रतिक्रिया दिनुहोस्