Logo

संविधान दिवसमा प्रधानमन्त्रीको प्रतिवद्धता: संसद्को अंक गणितलाई मात्र हेरेर संशोधन प्रकृया अघि बढाउँदैनौं



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अंक गणितलाई मात्र हेरेर संविधान संशोधनको प्रकृया अघि नबढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

१०औं संविधान दिवसको अवसरमा सैंनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मुलुकको अप्ठ्यारा परिस्थितिलाई चिर्नका लागि गर्न लागिएको संविधान संसोधनमा सबै दल र समूदायको सहभागीता सुनिश्चितता गर्ने बताएका छन् ।

‘जनतामा देखिएको चरम निरासालाई कम गर्न बाहेक यो सरकारको अरु ध्यान हुँदैन । संविधानलाई जीवन्त बनाउनेबोह यो सरकारको अरु कुरा सोच्दैन । म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसदको गणितीय संख्यामा मात्र हेर्ने छैनौं । सरकारमा रहेका पार्टीहरुको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिने छ ’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले अब हामीले लड्नुपर्ने लडाइँ भनेकै वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ भएको बताएका छन् । ‘यो लडाइँ राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि लड्नुपर्ने लडाइँ हो,’ उनले भने ।

संविधानले सुनिश्चित गरेका कतिपय कुरा अनुदित नभएको भन्दै उनले संविधानलाई समानुकूल बनाउनुपर्नेमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्