Logo

विष्णु खत्रीको १७औं दशैं गीत ‘रित्तो भकारी’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । २०६४ सालबाट लगातार हरेक वर्ष दशैं गीत सार्वजनिक गर्दै आएका वरिष्ठ लोक तथा दोहोरी गायक एवं सर्जक विष्णु खत्रीले यसपटक पनि आफ्नो सिर्जना सार्वजनिक गरेका छन् ।

खत्रीले बिहीबार आफ्नै युट्युव च्यानलमार्फत रित्तो भकारी नामक गीन सार्वजनिक गरेका हुन् । खत्रीको यो १७औं दशैं गीत हो ।

विष्णु खत्री र लक्ष्मी खड्काको स्वरमा सजिएको मर्मस्पशी यस गीतको लय तथा शव्द पनि स्वयं खत्रीले नै लेखेका हुन् । दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेको गीतको भिडियोमा सुरवीर पण्डित,विद्या कार्की, चेतबहादुर सिंह, दुर्गा फुलारा र जीवन ज्ञावलीको अभिनय रहेको छ ।

यस्तो छ गीतको भिडियो



प्रतिक्रिया दिनुहोस्