Logo

राष्ट्रसंघको ‘समिट अफ द फ्युचर’मा सहभागी हुन बडाल अमेरिका प्रस्थान, अनेरास्ववियुको कावा अध्यक्षको जिम्मा गिरीलाई



काठमाडौं । नेकपा एमालेका विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडाल अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको आयोजनामा यही सेप्टेम्बर २० देखि २१ सम्म संयुक्त राष्ट्रसंघ मुख्यालय, न्युयोर्कमा हुने समिट अफ द फ्युचरमा सहभागी हुन उनी अमेरिका प्रस्थान गरेका हुन् ।

बडाल काठमाडौँस्थित युएनको प्रतिनिधि कार्यालय र नेपाल सरकारले, युवा नेतृत्व प्रतिनिधिका रुपमा अमेरिका पुगेका हुन् । उनको अनुपस्थितिमा संगठनको जिम्मेवारी उपाध्यक्ष गोविन्द गिरीलाई दिईएको अनेरास्ववियुले जनाएको छ ।

औपचारिक कार्यक्रम सुरु भए पनि उच्चस्तरीय छलफल भने असोज ८ गते देखि सुरु हुनेछ । यो छलफल असोज १२ गतेसम्म चल्नेछ । महासभाको समापन असोज १४ मा हुने कार्यतालिका छ । नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० गते महासभामा सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्