Logo

भिक्टोरिया अन्तराष्ट्रिय शिक्षा अवार्डको लागि टार्जन बुढाथोकी फाइनलिस्ट



मेलवर्न । स्टडी मेलवर्नले प्रदान गर्ने भिक्टोरिया अन्तराष्ट्रिय शिक्षा अवार्ड (भिक्टोरियन इन्टरनेशनल एजुकेशन अवार्ड) २०२४ मा नेपाली टार्जन बुढाथोकी फाइनलिस्टको सूचीमा समावेश भएका छन् । स्टडी मेलवर्नले प्रदान गर्ने ७ विधाका अवार्डहरुमध्ये नेपाली विद्यार्थी टार्जन बुढाथोकी उदाउँदो नेता अर्थात एमर्जिङ लिडर विधामा इन्टरनेशनल एलुम्नाई अवार्डको लागि प्रकाशित अन्तिम नामावलीमा समावेश भएका हुन् ।

स्टडी मेलवर्न हालै यसरी सात विधामा मनोनित भएका फाइनलिस्टहरुको नामावली सार्वजनिक गरेको थियो । बुढाथोकीले २०१८ मा अष्ट्रेलिया आएर मेलवर्न इन्स्टिट्युट अफ टेक्नोलोजिमा ब्याचलर अफ इन्जिनियरिङ टेक्नोलोजिको अध्ययन शुरू गरेका थिए ।

‘अध्ययन सँगै यहाँ रहेका अन्तराष्ट्रिय विद्यार्थीहरुलाई पढाईसँगै सीप विकास, जागिरको पहुँचको निम्ती काम गर्न स्टेपिङ जोन नामक गैरनाफामूलक संस्था स्थापना गरी विद्यार्थीहरुलाई सहयोग गर्यौं,’ बुढाथोकीले भने, ‘मैले यसअघि स्टडी मेलवर्नबाटै विभिन्न विश्वविद्यालयहरुमा अन्तराष्ट्रिय विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै प्यानेलिस्ट र सिटी अफ ह्विटल्सीसँग पनि काम गरेँ ।’

मेलवर्न महानगरपालिकामा स्टुडेन्ट एम्बास्डरको अनुभवसमेत बटुलेका उनले विद्यार्थीहरुलाई जागिर, करियर र प्रविधिको विषयमा सचेतना मूलक कामहरु गरेका छन् । मेलवर्न नेपाल संस्थामा उपाध्यक्षको रुपमा हाल सामाजिक काममा अग्रसर बुढाथोकीले टिएक्सओमा एसेट रिकभरी म्यानेजरको रुपमा काम गरिरहेका छन् ।

भिक्टारिया सरकारले ८ विधामा विद्यार्थीहरुलाई अवार्ड प्रदान गर्दैछ । जस अन्तर्गत इन्टरनेशनल स्टुडेन्ट अफ द इयर (हायर एजुकेशन), इन्टरनेशनल स्टुडेन्ट ग्राजुएट इन्टरप्रेनर अफ द इयर र एमर्जिङ लिडर इन्टरनेशनल एलुम्नाइ अवार्ड रहेका छन् । बुढाथोकीसगै एमर्जिङ लिडर इन्टरनेशनल एलुम्नाइ अवार्डको लागि भारतका फजिल मोहम्मद र बंगलादेशका हसन मुट्टाकिनबीच प्रतिस्पर्धा हुँदैछ ।

भिक्टोरियाका शैक्षिक प्रादयकबाट विगत ५ बर्षभित्रमा अध्ययन सकाएका विद्यार्थीहरुले उक्त अवार्डको लागि मनोनयन गर्दा गराउन सक्दछन्। यसरी परेका आवेदनहरुलाई विभिन्न उद्योग तथा सरकार पक्षका व्यक्तिहरुको प्यानलले मूल्याङ्कन गर्ने गर्दछ ।



प्रतिक्रिया दिनुहोस्