Logo

तस्बीरमा हेर्नुहोस् ‘नेशनल डे कन्सर्ट’ को रौनक



काठमाडौं, ३ भदौ । संविधान दिवसको खुसियालीमा नागरिकस्तरबाट काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेशनल डे कन्सर्ट’ भव्यताको साथ मनाइएको छ। कार्यक्रममा कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहभागिता जनाएका छन् ।

२०७२ सालमा आजकै दिन संविधान सभाबाट नेपालको संविधान जारी भएको थियो । संविधान जारी भएको खुसियालीमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाइँदै आएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरी समारोहको सुरुवात गरिएको थियो । त्यसपछि सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका छन् । कन्सर्टमा राष्ट्रिय भावनाले ओतप्रोत अर्केस्ट्रा, गीत, धुन, नृत्य र रक गीतहरु प्रस्तुत हुने जनाइएको छ ।

कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकारहरु आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतको प्रस्तुति रहेको थियो ।

आज विभिन्न संघरसंस्था र सरकारी निकायहरुले विविध कार्यक्रम गरी संविधान दिवस मनाएका छन् । कार्यक्रममा सहभागीहरुको भीड उत्साहजनक रहेको थियो । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्