Logo

अपर तामाकोशी हाईड्रोपावरको सेवा सुविधामा विभेद भएको भन्दै स्थानीय कर्मचारीहरु आन्दोलित



काठमाडौं, ४ असोज । अपर तामाकोशी हाईड्रोपावर लिमिटेड कर्मचारी यूनियनले स्थानीय कर्मचारीहरु र दोलखा जिल्ला बाहिरका कर्मचारीहरुमा सेवा सुविधामा भएको विभेद अन्त्यको माग गरेको छ । सेवा सुविधामा विभेद भएको भन्दै स्थानीय कर्मचारी सघर्ष समितिले आजदेखि शान्तिपूर्ण संघर्ष सुरु गरेको छ । संघर्ष समितिको शान्तिपूर्ण आन्दोलनमा कर्मचारी यूनियनले पनि एैक्यवद्धता जनाएको हो ।

विगत २ वर्षदेखि स्थानीय कर्मचारीहरुको सेवा सुविधामा विभेद गरिएको बताइएको छ । क्रियाशील ट्रेड यूनियनहरुले व्यवस्थापनसमक्ष दोलखा जिल्लाबासी स्थानीय कर्मचारीहरु र जिल्ला बाहिरका कर्मचारीहरुबीचमा भएको विभेद अन्त्य गरी सेवा सुविधामा समानता कायम गर्ने सम्बन्धमा व्यवस्थापन पक्षबीच पटक–पटक छलफल भएको बताइएको छ । छलफल र सहमति कार्यान्वयन गर्न व्यवस्थापन पक्ष सधै उदासिन भएको बताइएको छ ।

‘व्यवस्थापन पक्षले स्थानीय कर्मचारीहरुको जायज माग पूरा नगरेसम्म स्थानीय कर्मचारी सघर्ष समितिले मिति २०८१ असोज ४ गतेदेखि सञ्चालन गरेको शान्तिपूर्ण संघर्षका कार्यक्रहरुमा यस यूनियनको सहभागिता तथा ऐक्यवद्धता रहने सम्बन्धित सबैमा जानकारी गराईन्छ,’– कर्मचारी युनियनका अध्यक्ष शेष नारायण श्रेष्ठ र महासचिव राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्