Logo

आफू ज्युँदो हुँदै नेकपा ब्यूँताउने वामदेवको चाहना



काठमाडौं । नेकपा एमाले, माले हुँदै फेरि एमाले बनेर नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरी नेकपा बनाउन भूमिका खेलेका पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आफ्नो जीवन कालमै फेरि नेकपा व्यूताउने चाहना राखेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिष्य एकता अभियानका संयोजकसमेत रहेका गौतमले आफू फेरि सबै कम्युष्टि पार्टीलाई एकतावद्ध गर्न लागिपरेको जिकिर गरे ।

‘मैले त्यही सङ्कल्प लिएर अगाडी बढिरहेको छु। मेरो सङ्कल्प अहिले पनि के हो भने म ज्युँदो हुँदै एकपटक पहिलेजस्तै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्छु,’ उनले भने।

उनले देशको उन्नतिका लागि कम्युनिष्ट पार्टीहरूबीचको एकता अपरिहार्य भएको बताए । २०७५ सालमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २०७७ सालमा एमाले र माओवादी केन्द्रकै रूपमा फर्किएपछि एमालेबाट बाहिरिएका उनले नेकपा एकता महाअभियान घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्