Logo

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा



काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका विष्टले शुक्रबार राजीनामा दिएका हुन् । यसअघि २४ भदौमा अध्यक्ष पोख्रेलले पदबाट राजीनामा दिएका थिए ।

उनले महासंघको विधि विधान र संरचनालाई लत्याएर पत्रकारिता नगरेका र फारम नभरेका करिब ४ सय व्‍यक्तिलाई सदस्यता दिएको असन्तुष्ट हुँदै राजीनामा दिउको विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले राजीनामाको बोधार्थ महासंघका उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई दिएका छन् ।

कार्यवाहक अध्यक्ष विष्टले विहीबार महासंघको केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्