Logo

मेटमणिको अभिव्यक्तिबारे गीत गाउँदै नहिँड्न झलनाथलाई माधव नेपालको चेतावनी



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका उपमहासचिव मेटमणि चौधरीले लिपुलेक र कालापानी भारतको हो भनेर दिएको अभिव्यक्तिको बचाउ गरेका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले चौधरीको बचाउन गरेका हुन् । उनले सम्मानीत नेता झलनाथ खनाललाई लष्ँित गर्दै सो अभिव्यक्तबारे गीत गाउँदै नहिँड्न चेतावनी दिएका छन् ।

अध्यक्ष नेपालले भने, ‘लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो भन्ने प्रष्ट रुपमा भनिसकेपछि त्यसलाई गीत बनाउन आवश्यक छैन।’

गत साता पूर्व मन्त्रीसमेत रहेका चौधरीले लिपुलेक र कालापानी नेपालको नभएको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिको अहिलेपनि विरोध भईरहेको छ । सम्मानीत नेता खनालले विज्ञप्तिनै निकालेर चौधरीलाई पार्टीबाट निकाल्न माग गरेका थिए । तर, नेपालपक्ष भने चौधरीको बचाउ गर्दै आएको छ ।

यसबारेमा पार्टीले उनलाई स्प्रष्टीकरणसमेत सोधेको थियो । पार्टीले सोधेको स्प्रष्टीकरणको जवाफ दिँदै चौधरीले आफ्नो भनाइलाई गलत अर्थ लगाईएको जिकिर गरेका छन् ।

यो पनि मेटमणिलाई पार्टीबाट गलहत्याउन झलनाथको माग, जोगाउने खेलमा माधव नेपाल



प्रतिक्रिया दिनुहोस्