Logo

पल निकालिएपछि ‘कल्ली’ मा भित्रिए सौगात, अर्पण, बुद्धि र कमलमणि



काठमाडौं । नायक पल शाहको शीर्ष भूमिका रहने भनिएको चललिचत्र कल्लीमा उनको स्थानमा धमाधम अन्य कलाकारहरु भित्रिन थालेका छन् ।

तिहारपछि छायाँकनमा जाने सो चलचित्रमा सुरुमा पल अनुबन्ध भएका थिए । तर,उनी मुछिएको नाबालिग बलात्कारको मुद्दा सर्वोच्च अदालतले दोहोर्याएर हेर्न गरेको फैसला र उनी अभिनित चलचित्र रावायनको असफलतापछि उनलाई निर्माण पक्षले चलचित्रबाट निकालेको छ ।

कागजी सम्झौता भइसकेपछि पनि निर्माण पक्षले पललाई ‘कल्ली’बाट निकालेको हो । उनको स्थानमा नायक सौगात मल्ल भित्रिएका छन् ।

निर्माण पक्षले शुक्रबार थप तीन कलाकारलाई भित्र्याएको जानकारी दिएको छ । जानकारीअनुसार नायक अपर्ण थापा, कलाकार बुद्धि तामाङ र कमलमणि नेपाल फिल्ममा भित्रिएका हुन् । उनीहरुले निर्माण पक्षसँग कागजी सम्झौता गरिसकेका छन् । उनीहरुको भूमिकाबारे भने खुलाएइएको छैन ।

रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘कल्ली’का लेखक र निर्देशक लक्ष्मण सुनार हुन् । फिल्मको पटकथा र संवाद महेश दवाडीको रहनेछ ।

निर्माता किरण नेपालीको प्रस्तुति रहेको यो फिल्मको छायांकन तिहारपछि हुने जनाइएको छ । प्रदर्शन मिति भने आगामी चैत २९ गतेलाई तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्