Logo

लागुऔषधि खैरो हेरोइनसहित तीन पक्राउ



काठमाडौँ, ४ असोज । प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट आज तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिराहा लाहान नगरपालिका–१७ बस्ने २२ वर्षीय शिवशङ्कर ठाकुर, २४ वर्षीय अर्जुनकुमार यादव तथा लाहान नगरपालिका–४ स्थित बस्ने वर्ष २८ को सञ्जिवकुमार यादव रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

“प्रहरी प्रभाग नागढुङ्गा तथा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्रामसहित आज बिहान पक्राउ गरेको हो,”– उनले भने ।

सप्तरीदेखि काठमाडौँतर्फ आउँदै गरेको बाप्र ०३–००१ ख २७२८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार निजहरुलाई अवैध लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्