Logo

कांग्रेस नेताको प्रश्नः रवि लामिछानेलाई हत्कडी नलगाएर घाँस काट्नेलाई लगाउने त ?



काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनअनुसार सबैलाई कारबाही हुने बताएका छन् ।

आज (शनिबार) कांग्रेस काठमाडौं जिल्ला समितिको बैठक तथा समसामयिक विषयको छलफलमा उनले समितिको प्रतिवेदनअनुसार अब कारबाही अगाडि बढ्ने बताएका हुन् ।

उनले समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको दाबी गरे । उनीमाथि पनि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

रास्वपाका नेता तथा कार्यकर्ताहरुले चेक काटेकै भरमा रवि लामिछानेलाई कारबाही गर्न नहुने बताइरहेको स्मरण गराउँदै उनले ‘त्यसो भए घाँस काट्नेलाई हत्कडी लगाउने त ?’ भन्दै प्रश्न गरे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्