Logo

युनिक सेक्यूरिटिजले महानगर प्रहरीलाई सम्झौता बमोजिम तलब तथा सेवा सुविधा नदिएको पीडितहरुको आरोप



काठमाडौं, ५ भदौ । काठमाडौं महानगरपालिकालाई नगर प्रहरी उपलब्ध गराएको युनिक सेक्यूरिटिज प्रा.लि.ले सम्झौता बमोजिम तलब तथा सेवा सुविधा नदिएको पीडितहरुले बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले महानगरले युनिक सेक्यूरिटिजलाई नगरप्रहरी सो सरह सेवा सुविधा दिएको भएपनि आफूहरुले नपाएको बताएका हुन् ।

काठमाडौं महानगर र युनिक सेक्यूरिटिजको सम्झौतानुसार २०७९ कात्तिक २९ गते १६२ जना नगर प्रहरी पठाइएको थियो । सेक्यूरिटिज कम्पनीले सामाजिक सुरक्षा भत्ता वापत कटाएको रकम, राशनको पैसा, लत्ता कपडालगायतको पैसामा ठगेको पीडितहरुको आरोप छ ।

सेक्युरेटिज कम्पनीले नेपाल सरकारले तोकेको न्यूनतम् पारिश्रमिक पनि नदिएको उनीहरुको गुनासो छ ।
गत साउन १ गतेदेखि नै आफूहरुले जागिर छाडिसक्दा पनि पाउनुपर्ने हिसाबकिताब अहिलेसम्म फरफारक नभएको उनीहरुको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्