Logo

कांग्रेस-एमालेबीच समझदारी भएरमात्रै होईन, संविधान संशोधनको जरुरत छः विमलेन्द्र निधि



काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले संविधान संशोधनको औचित्य रहेको बताएका छन् । आज (आइतबार) संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले १०औं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता निधिले कांग्रेस–एमालेबीच भएको समझदारीअनुसार मात्रै संविधान संशोधन गर्न नखोजिएको बताए । उनले संविधान संशोधनको औचित्य रहेको र रहिरहने बताए ।

‘नेपाली कांग्रेस र एमालेको बीचमा संविधान संशोधनको कुरा उल्लेख भएका भएकाले संविधान संशोधनको औचित्य छ भनेको होईन । दुई वटा पार्टीमा समझदारी भयो, त्यसकारण संविधान संशोधन गर्नुपर्छ भन्ने होईन ।’ उनले भने, ‘संविधानकै धारामा लेखिएको छ, पुनरावलोकन गर्नुपर्छ भनेर । संविधान संशोधनको जरुरत थियो, छ र रहिरहन्छ । समय–समयमा सहमति भएअनुसारको संशोधन हुनुपर्छ ।’

संविधान संशोधनको विषयलाई सहमति गरेर निश्कर्षमा पुर्याइनुपर्ने उनले बताए । संविधानमा उल्लेख भएअनुसार प्रदेश सरकारले अधिकार नपाएको उनले बताए । प्रदेशहरुलाई अहिले पनि प्रहरी संगठन नदिइएको उनले बताए । फोटो, भिडिओः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्