Logo

बोलेकै आधारमा दुर्गा प्रसाईँलाई गिरफ्तार गरिनु राज्य आतङ्क होः सांसद शर्मा



काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य सुनिल शर्माले दुर्गा प्रसाईँको पक्राउलाई राज्य आतङ्कको संज्ञा दिएका छन् । दुर्गा प्रसाईँलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेसँगै उनले भिडिओ सन्देश जारी गर्दै उक्त कार्यलाई राज्य आतङ्काको संज्ञा दिएका हुन् ।

उनले प्रसाईँको तत्काल रिहाइको माग गरेका छन् । बोल्नेहरुलाई हत्कडी लगाएर मुलुक बनाउन नसकिने उनले बताए । दुर्गा प्रसाईँको पक्राउलाई लिएर उनले गृहमन्त्री रमेश लेखकमाथि पनि प्रश्न उठाएका छन् ।



प्रतिक्रिया दिनुहोस्