Logo

दिसानायकेले राष्ट्रपतिको शपथ लिएलगत्तै श्रीलंकाका प्रधानमन्त्री गुणवर्धनाले दिए राजीनामा



काठमाडौं । श्रीलंकाको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले सोमबार बिहान पदबाट राजीनामा दिएका छन् ।

आफ्नो राजीनामापत्रमा गुणवर्धनाले श्रीलंकाको नवौँ कार्यकारी राष्ट्रपतिका रूपमा दिसानायके निर्वाचित भएसँगै देशको संविधानानुसार नयाँ मन्त्रिपरिषद् गठनका निम्ति मार्गप्रशस्त गर्न राजीनामा दिएको उल्लेख गरेका छन् ।

दिसानायकेले निर्वाचनमा विजय हासिल गरेपछि गुणवर्धनाले आइतबार राति नै उनलाई बधाई दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्