Logo

रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै पोखरामा प्रदर्शन



काठमाडौं । सहकारीको बचत अपचलन गर्ने रास्वापाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारीपीडितहरूले सोमबार कास्की जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका छन् । पोखराका सूर्यदर्शन लगायतका सहकारीका पीडितहरूले प्रशासनको गेट अघि नै प्रदर्शन गरेका हुन् ।

सहकारी पीडितले रास्वपा सभापति लामिछानेले सहकारीको रकम अपचलन गरेको भन्दै कारबाही माग गरेका छन् । त्यस्तै, लामिछाने पक्षधरले सहकारीपीडितलाई ‘परिचालित’ भनेका छन् । रास्वपाका नेता कार्यकर्ताले ‘फासिस्ट सरकार मुर्दावाद’, ‘सहकारी पीडितलाई न्याय देऊ’ जस्ता प्लेकार्ड पनि बोकेका छन् ।

सहकारी ठगी प्रकरणमा कारबाहीको सिफारिसमा परेका रविका तत्कालीन व्यापारिक साझेदार तथा प्रहरीका पूर्व डीआईजी छविलाल जोशी आइतबार पक्राउ परेका थिए । जोशी पक्राउ परेसँगै रविलाई पनि आइतबारै पक्राउ गर्ने तयारी भएको थियो । आफ्नो सभापतिलाई सरकारले षड्यन्त्र गरेर पक्राउ गर्न लागेको भन्दै समर्थकले पोखरामा प्रदर्शन गरेका थिए । तर,उनीहरुलाई काउन्टर दिँदै सहकारी पीडित पनि सडकमा उत्रिएपछि दुवै पक्ष आमनेसामने भएका छन् ।

संसदीय छानबिन समितिले पनि सहकारीबाट गैरकानुनी रुपमा गोरखा मिडियामा ६५ करोड रुपैयाँ लगेको र उक्त रकम लामिछानेले चेक काटेर खर्च गरेकाले कारबाही गर्न सिफारिस गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस्