Logo

काशियाना फाउन्डेसनद्वारा वैश्विक महाधिवेशन आयोजना, मूल उद्देश्य लागुऔषध मुक्त विश्व



काठमाडौं, ७ असोज । काशियाना फाउन्डेसनले वैश्विक महाधिवेशन आयोजना गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी १० नोभेम्बर २०२४ (कात्तिक २५ गते) काठमाडौस्थित होटल हायतमा लागुऔषध मुक्ति र अपाङ्गता विषयमा आधारित वैश्विक महाधिवेशन गर्न लागिएको जानकारी गराइएको हो ।

उक्त कार्यक्रममा ३० देशका प्रतिनिधिहरु समहभागी हुने बताइएको छ । महाधिवेशनमा विश्वलाई लागुऔषधमुक्त बनाउने र लागुऔषधसँग सम्बन्धित अपाङ्गताका बारेमा अन्तरक्रिया हुने बताइएको छ ।

काशियाना फाउन्डेन भारतीय संस्था हो । यसले नशा (लागूऔष) मुक्ति र अपाङ्गता भएका व्यक्तिहरुका लागि कामहरु गर्दैै आइरहेको छ । यस संस्थाले विश्वका ३० वटा देशमा काम गरिरहेको बताइएको छ ।

काशियना फाउन्डेसनका अध्यक्ष सुमित सिंहले नशा मुक्ति नै फाउन्डेनको मूल उद्देश्य रहेको बताए । भारतको वनारशलाई नशामुक्त बनाउने सोचका साथ फाउन्डेसनको स्थापना गरिएको उनले बताए । तर, अहिले यसले ३० वटा देशमा लागूऔषध मुक्तिको लागि काम गरिरहेको उनले बताए । अध्यक्ष सिंहले हरेक देशमा घट्ने अपराधहरुमा लागूऔषधको ठूलो भूमिका देखिएको बताए ।



प्रतिक्रिया दिनुहोस्