Logo

अमेरिकामा प्रधानमन्त्री असुरक्षित हुनु उहाँको कर्मको फल होः रास्वपा उपसभापति अर्याल



काठमाडौं, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै कर्मको फलका कारण अमेरिकामा असुरक्षित हुनुपरेको टिप्पणी गरेका छन् । आज (सोमबार) पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा छन् । त्यहाँका नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम राखिएकोमा सुरक्षा संवेदनशीलताको कारण देखाउँदै स्थगित गरिएको थियो ।

‘उहाँहरु असुरक्षित हुनुभयो रे अमेरिकामा । दुभाग्य, अचम्म लाग्छ, त्यो उहाँको कर्मको फल हो,’– रास्वपा उपसभापति अर्यालले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्