Logo

सर्वोच्चद्वारा दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न अस्वीकार



काठमाडौं, ८ असोज । सर्वोच्च अदालतले साईबर अपराध कसुरमा पक्राउ परेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । प्रसाईको गिरफ्तारीविरुद्ध उनका छोरा निरज प्रसाईँले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रसाईँको गिरफ्तारीविरुद्ध परेको रिटमा सुनुवाई गर्दै थुनामुक्तको आदेश दिन इन्कार गरेको हो । सो रिटमा सरकारको नाममा कारण देखाउ आदेश भने जारी भएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्