Logo

समितिबाट अस्वीकृत हुनुअघि नै श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम



काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन्। भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय गरेको थिएन।

उनले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सकेका थिएनन्। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन। सुनुवाइ समितिको बैठक मंगलबार बस्दैछ। उक्त बैठकअघि नै उनले आफ्नो नाम फिर्ता लिएको समितिमा जानकारी गराएका हुन्।

नेपाली कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएका उनले शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न नसकेपछि अनुमोदन नहुने निश्चित बनेको थियो । सुनुवाइ समितिले भट्टराईको नाम अस्वीकृत गर्ने तयारी गरेको थियो। आइतबार र सोमबार पनि सुनुवाइ समिति बैठक बसेको थियो तर दुई तिहाइ सांसद उपस्थित नभएकोले केही निर्णय भएको थिएन।



प्रतिक्रिया दिनुहोस्