Logo

समान हैसियतमा मर्ज भएको संस्थाका कर्मचारीबीच फरक व्यवहार, मिर्मिरेलाई काख, नेरुडेलाई पाखा



काठमाडौं, ८ असोज । नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्थामा राजनीतिकरण मौलाएको छ । विपन्न वर्गमा वित्तीय सेवा उपलब्ध गराउन स्थापना भएको संस्था राजनीतिकरणको सिकार बनेको छ । तत्कालीन नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एकआपसमा गाभिएर संचालनमा आएदेखि नै विवाद चुलिएको छ ।

तत्कालीन दुवै संस्थाका कर्मचारी संगठनहरु आ–आफ्नो माग राख्दै आएकोमा मिर्मिरेतर्फका कर्मचारीहरुको बद्मासीको कारण संस्थामा अहिले भाँडभैलो मच्चिएको छ । विगत एक महिनादेखि यस संस्थाका कर्मचारीहरु आन्दोलनमा उत्रिएको र एक हप्तादेखि प्रदेशक कार्यालय तथा कलष्टर कार्यालयहरुमा ताला लागेको छ । कर्मचारीहरुको आन्दोलनका कारण सबै सेवा पूर्ण रुपमा प्रभावित भएको छ ।

साबिक नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर गत २०८० फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोवार सुरु भएको थियो । कारोबार सुरु भएको ३ महिना नवित्दै तत्कालीन मिर्मिरे लघुवित्तका कर्मचारी एवं युनियनको कारण संस्थामा भाँडभैलो मच्चिएको हो । साबिक मिर्मिरे लघुवित्त वित्तीय सँस्थाका कर्मचारीहरु मिर्मिरे लघुवित्त कर्मचारी संगठनको आडमा बाह्य तत्वलाई प्रयोग गरि सिंगै नेरुडे मिर्मिरे लघुवित्त सँस्थामा भाँडभैलो मच्चाएको कारण संस्थाको कामकाज प्रभावित भएको छ । जसका कारण सेवाग्राही मर्कामा परेका छन् ।

तत्कालीन नेरुडे पट्टिका कर्मचारीहरु आफ्नो हकहितको लागि आन्दोलन गर्दै आएकोमा मिर्मिरे पट्टिका कर्मचारीहरुले समर्थन जनाई आफ्नो स्वार्थ पूरा गरि सुचारु आन्दोलनलाई भाँडभैलो गर्ने प्रयास गरेको पाइएको छ । नेरुडेतर्फका कर्मचारीहरुले आफ्नो माग राखी शान्तिपूर्वक आन्दोलन गर्दा संस्थाले कारवाहीको लागि पत्र काट्ने तर त्यही मिर्मिरेतर्फका कर्मचारीहरुले केन्द्रीय कार्यालयका एचआर प्रमुखलाई हातपात गर्दा, दुर्व्यवबहार गर्दासमेत कुनै किसिमको कारवाही गरिएको छैन ।

दुईवटा लघुवित्त एक आपसमा गाभिएर कारोबार सुरु गरेतापनि नेरुडे र मिर्मिरे लघुवित्तका कर्मचारीहरु दुई भागमा बाँडिएका छन् । मिर्मिरेका कर्मचारीहरुको दादागिरी, गुण्डागर्दी बढ्दै गएपछि नेरुडेका कर्मचारीहरु पनि एकत्रित भएर विरोधको सामना गर्ने चेतावनी दिएपछि उनीहरुको मागप्रति समर्थन जनाएका थिए ।

तत्कालीन दुवै संस्थाका कर्मचारी संगठनहरुको विवाद बढ्दै गएपछि नेरुडे लघुवित्त वित्तीय सँस्थाले यही भदौ २० गते दुबै पक्षका कर्मचारीहरुलाई वर्ताको लागि पत्र काटेको थियो । दुवैतर्फका कर्मचारी संगठनहरुको रोहबरमा भदौ २८ गतेदेखि ३१ गतेसम्म संस्थाको केन्द्रीय कार्यालयमा भएको वार्ता निश्कर्षविहीन बनेको थियो ।

तबसम्म बीचमै सञ्चालक समितिको अध्यक्षमा तत्कालीन मिर्मिरे लघुवित्तका पूर्व अध्यक्ष टेक बहादुर बोहरा चयन भएलगत्तै उनको निर्देशनमा मिर्मिरेका कर्मचारीहरुले आन्दोलन स्थगित गरेका थिए । जसले मिर्मिरे पट्टिका कर्मचारी आफ्नो मागभन्दा पनि बोहरालाई संचालक समितिको अध्यक्ष बनाउन षडयन्त्र रचेको पुष्टि हुन्छ । त्यस लगत्तै अध्यक्ष बोहराको निर्देशमा आन्दोलन नै फिर्ता भएको भनेर भ्रामक समाचारहरु प्रकाशन गर्न लगाइयो ।

जबकी नेरुडे पट्टिका कर्मचारीहरु अहिले पनि आन्दोलनमा छन् । बोहरा संचालक समितिको अध्यक्षमा चयन भए लगत्तै वैदेशिक भ्रमणमा निस्किए, जबकी सँस्थाको विवाद साम्य पार्ने उनको पहिलो दायित्व थियो तर उनी आफ्नो दायित्वबाट पञ्छिदै नेरुडे पट्टिका कर्मचारीहरुको आन्दोलनलाई वेवास्ता गर्दै वैदेशिक भ्रमणमा निस्किए ।

बोहरा संस्था मर्जर (गाभिनु) भन्दा अगाडि मिर्मिरे लघुवित्तका संचालक समिति अध्यक्ष थिए । संस्थामा नीतिगत भ्रष्टाचार गरेको आरोप लागेपछि सञ्चालक समितिको अध्यक्षबाट पदमुक्त भएका थिए । संस्थाको पैसा लगानी गरेर कर्मचारीहरु मार्फत सर्वसाधारणलाई ट्याक्टर किन्न लगाउने र त्यसमा नीतिगत भ्रष्टाचार गरेको उनीमाथि आरोप लागेको थियो ।

संस्थामा उनीविरुद्ध मुद्दा परेपछि उनी पदमुक्त भएका थिए । त्यस पश्चात नेपाल राष्ट्र बैंक मार्फत मुद्दा जितेर पुनः संचालक समितिको अध्यक्षमा चयन भएका हुन् । उनी अध्यक्ष बनेलगत्तै मिर्मिरे पट्टिका कर्मचारीहरु आन्दोलन स्थगित गर्नुले सँस्थामा भाँडभैलो मच्चाएर आफू संचालक समितिको अध्यक्ष बन्ने बोहराको पूर्व योजना रहेको पुष्टि हुन्छ ।

संस्थामा विवादको कारण असोज ६ गतेदेखि प्रदेश तथा कलष्टर कार्यालयहरु पूर्ण रुपमा बन्द छ । नेरुडेतर्फका कर्मचारीहरु केन्द्रीय कार्यालयमा धर्नामा छन् । उनीहरुको मागलाई सँस्थाले वेवास्ता गर्दै आफ्नो काममा फर्किन पत्र जारी गरिसकेको छ । मिर्मिरेतर्फका कर्मचारीहरुले केन्द्रिय कार्यालयका कर्मचारीमाथि हातपात, दुर्व्यबहार गर्दासमेत केन्द्रीय कार्यालयले केही नगरेको तर नेरुडेका कर्मचारीले शान्तिपूर्वक आन्दोलन गर्दा केन्द्रीय कार्यालयले स्पष्टीकरणको लागि पत्र काट्ने तथा कारवाहीको लागि पत्र काट्ने काम गर्दै आएको छ ।

यो भन्दा अघि नेरुडे र मिर्मिरे लघुवित्तको एकिकृत कारोबार शुरु भएसँगै नेरुडे पट्टिका कर्मचारीहरुले ग्रेड वृद्धिको माग गर्दै ९ दिने आन्दोलन गर्दा ९४ जना शाखा प्रमुखलाई स्पष्टिकरण सोधिएको थियो ।

त्यस बखत मिर्मिरे पट्टिका कर्मचारी बीर्ख बहादुर बोहरा केन्द्रीय कार्यालयमा एचआर प्रमुख हुँदा नेरुडेका कर्मचारीहरु आन्दोलन गरेर कामकाज प्रभावित बनाएको भन्दै ९४ जना शाखा प्रमुखलाई स्पष्टिकरण सोधिएको थियो । तर, हाल नेरुडेको कर्मचारी एचआर प्रमुख हुँदा मिर्मिरेको कर्मचारीहरुले गालीगलौजसहित हातपात नै गरेका छन् । तर, संस्थाले उनीहरुलाई कारवाही भन्दा पनि कर्मचारीहरुको मागलाई दबाउने काम गर्दै आएको छ ।

नेरुडेतर्फका कर्मचारीहरुको माग सम्बोधन भएन भने राष्ट्र बैंक तथा श्रम कार्यालय मार्फत मुद्दा प्रक्रियामा गई आफ्नो माग पुरा गराउने बैंक तथा वित्तिय कर्मचारी संगठन नेरुडेका अध्यक्ष रामप्रसाद ढुँगानाले चेतावनीसमेत दिएका छन् । संस्थाले नेरुडे पट्टिका कर्मचारीहरुप्रति सौतेनी व्यवहार गर्ने गरेको कारण मिर्मिरे पट्टिका कर्मचारीहरुको मनोबल झन बढ्दै गएको छ । एचआर (प्रशासन प्रमुख) लाई हातपात गर्दा पनि युनियनको आडमा कारवाहीबाट उम्किएका मिर्मिरे पट्टिका कर्मचारीहरु भोलिका दिनमा संस्थामा दादागिरी नगर्ला भन्ने भन्न सकिने अवस्था छैन ।

संस्थाले दुवै कर्मचारी युनियनलाई समान व्यवहार गरि दुवैतर्फका कर्मचारी युनियनको मागलाई सम्बोधन गर्नुपर्नेमा मिर्मिरेतर्फका युनियनको कब्जामा पार्ने काम भइरहेको कारण आगामी दिनमा संस्थाप्रति सर्वसाधारणहरुको विश्वास गुम्ने अवस्था देखिएको



प्रतिक्रिया दिनुहोस्