Logo

प्रचण्डले राजाको प्रशंसा गरेको रवीन्द्र मिश्रको दाबीबारे खुमलटारको खण्डन: मिश्र सर, सस्तो ‘अ’ राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।

अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका हुन् ।मंगलबार बिहान खुमलटारमा भएको भेटमा प्रचण्डको विचार भन्दै आफू अनुकूल सामाजिक सञ्जालमा प्रस्तुत गरेको भन्दै सचिवालयले आपत्ति जनाएको छ ।

“जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो । आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तब्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ,” सचिवालयले भनेको छ, “उहाँका विचार भनेर मिश्रजीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनैतिक स्वार्थ अनुकूल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।”

पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा नरहेको प्रचण्डको सचिवालयले बताएको । “मिश्र जी यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि”, सचिवालयले भनेको थियो ।

भेटपछि मिश्रले सामाजिक सञ्जालमार्फत प्रचण्डले भनेका सात विषय भन्दै उद्योगधन्दाको सबै विवरण हेर्दा पञ्चायतकालमा धेरै राम्रो काम भएको र राजा महेन्द्र ‘भिजनरी’ रहेको बताएका मिश्रले उल्लेख गरेका थिए ।

यस्तो छ रवीन्द्र मिश्रको पोस्ट-



प्रतिक्रिया दिनुहोस्