Logo

निजीकरण समितिको सदस्यमा एमाले सांसद गिरी मनोनीत



काठमाडौं । निजीकरण समितिमा सदस्यमा पदम गिरी मनोनीत भएका छन् । नेकपा एमालेका पूर्व संसदीय दलका प्रमुख सचेतक तथा पूर्व स्वास्थ्य एवं कानूनमन्त्रीसमेत रहेका गिरीलाई अर्थमन्त्री विष्णु पौडेलले मनोनीत गरेका हुन् ।

मन्त्रिपरिषदको असोज २ गते बसेको बैठकबाट देशभित्र रहेका रूघ्न उधोग तथा प्रतिष्ठानहरूको सञ्चालनमा निजी क्षेत्रको सहभागितामा वृद्धि गरि देशको आर्थिक विकास गर्ने राष्ट्रिय हितको दृष्टिकोणबाट अध्ययन एवम् सिफारिस गर्नका लागि नेपाल निजीकरण ऐन, २०५० बमोजिम गठित निजीकरण समितिको सदस्यमा मनोनीत गरिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्