Logo

रवि लामिछानेलाई पक्रिनुपर्ने कारण छैन, तर १५ प्रतिशतको दायित्व भने लिनुपर्छ: राजनीतिक विश्लेषक सुवेदी (भिडिओसहित)



काठमाडौं, १० असोज । राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्रिनुपर्ने कुनै कारण नरहेको बताएका छन् । हिजो (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछानेले सहकारीबाट गोर्खा मिडियामा आएको पैसामध्येको १५ प्रतिशत दायित्व बहन गर्नुपर्ने भएपनि पक्रिनु आवश्यक नरहेको बताएका हुन् ।

‘सहकारीबाट कम्पनीमा पैसा आएको छ । प्रक्रिया नपुगे पनि त्यो ऋण नै हो । उहाँलाई थाहाँ भएन त थाहा नभएको रकमको चेकमा सही गर्दिन भनेर तुरुन्तै फिर्ता गर्नुपर्यो नि त ? उहाँलाई यति नै कारणले पक्रिनुपर्ने कारण म देख्दिँन । न्यायिक निरुपण भएर १५ प्रतिशत हिस्साको उहाँले तिर्नुपर्ने हुनसक्छ,’– उनले भने ।

सहकारीबाट आएको पैसा गोर्खा मिडियोको लोनमै बुक हुनुपर्ने उनले बताए । उक्त रकम गोर्खा मिडियाको कर्पोरेट दायित्व रहेको बताउँदै उनले गोर्खा मिडियाको सम्पत्तिले नभ्याएको खण्डमा सञ्चालकहरुको सम्पत्तिबाट भएपनि कर्जा भरपाइ हुनुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्