Logo

वरिष्ठ सर्जक नारायण रायमाझीलाई मातृशोक



काठमाडौं । वरिष्ठ सर्जक, गितकार, निर्देशक तथा कलाकार नारायण रायमाझीलाई मातृशोक परेको छ ।

रायमाझीकी आमा कृष्णकुमारीको बिहीबार राति काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

८२ वर्षको उमेरमा निधन भएकी उनको पार्थिव शरीरलाई शुक्रबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

स्वर्गीय रायमाझीका श्रीमान् सूर्यबहादुर रायमाझी, तीन छोरा र २ छोरी छन्।



प्रतिक्रिया दिनुहोस्