Logo

वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा न्यायाधीश गोकर्ण डाँगी तोकिए



काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत दिपायल अस्थायी इजालस जुम्लाका न्यायाधीश गोकर्ण डाँगीलाई तोकिएको छ । शुक्रबारको न्याय परिषद् सचिवालयको बैठकले उनलाई वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो ।

न्यायपरिषद सचिवालयका प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो। त्यसैगरी राजस्व न्यायधीकरण नेपालगञ्जको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश सुभाष पौडेललाई तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्