Logo

महंगी नियन्त्रण गर्न माग गर्दै एमालेले बुझायो सरकारलाई ध्यानाकर्षण



काठमाडौं । नेकपा एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले चाडपर्वका बेला हुन सक्ने समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै एमालेले दशैं, तिहार, नेपाल सम्वत्, छठ र इदजस्ता चाडहरुमा हुन सक्ने समस्याहरु सुल्झाउने तयारी गर्न माग राखेको छ ।

‘विजया दशमी, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडहरू यसै महिनाको अन्तिम सातादेखि धमाधम आइरहेका छन्। यी चाडहरू जनताले धुमधामसँग मनाउने गर्छन्। जनताको हर्ष उल्लासमय वातावरणमा सहयोग पुर्‍याउन सरकारको ध्यानाकर्षण होस्,’ एमालेको ध्यानाकर्षण पत्रमा भनिएको छ।

एमालेले दसैं र तिहारमा राजधानी काठमाडौंबाट र यसरी नै देशका मुख्य सहरहरुबाट अत्यधिकरूपमा नागरिकहरू स्थायी बसोवास तथा पुर्ख्यौली थलोतर्फ बाहिरिने भएकाले तत्काल सडकहरूको मर्मत गर्न र खाल्डाखुल्डी पुर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्रमा चाडहरुका बेला घर फर्कने यात्रुहरुका निम्ति सुरक्षित सडक, आवश्यक सार्वजनिक सवारी, संभावित दुर्घटनाको उद्धार तथा उपचार जस्ता व्यवस्था मिलाउन माग गरिएको छ ।

हेर्नुहोस् ध्यानाकर्षण :



प्रतिक्रिया दिनुहोस्