Logo

पूर्वका यी ५ ठाउँ, जहाँ २४ घण्टामा सबैभन्दा धेरै वर्षा भयो



काठमाडौं । देशका अधिकांश स्थानमा ‘भारी वर्षा’ भएको छ भने कतिपय स्थानमा ‘धेरै भारी’ र ‘अति भारी’ वर्षा पनि भएको छ।

मौसम पूर्वानुमान महाशाखाको आज (शुक्रबार) साँझसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा झापाका चार ठाउँ र इलामको एक स्थानमा अति भारी वर्षा भएको हो।

महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा झापास्थित चन्द्रगढी एअरपोर्टमा ३०१ मिलिमिटर, अनारमणि बिर्तामा २५२ मिलिमिटर, गौरादहमा २५०.४ र केचनामा २३४.४ तथा इलामको कन्काई मैनाचुलीमा २९८.६ मिलिमिटर वर्षा भएको हो।

मौसमविद्का अनुसार २४ घण्टामा २०० मिलिमिटरभन्दा माथि वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ। यस्तै १०० मिलिमिटरभन्दा माथिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ।



प्रतिक्रिया दिनुहोस्