Logo

ओशाकाको पशुपतिनाथ मन्दिरमा सरसफाईमा जुट्यो व्लु व्वाईज युनियन



जापान (ओशाका) । जापानको दोश्रो ठुलो शहर ओशाकास्थित चिरुमी रेउकुची पार्कमा अवस्थित हिन्दु धर्मको आस्थाको प्रतिकको रुपमा रहेको भगवान् पशुपतीनाथको मन्दिर परिसरमा जम्मा भएको फोहोर नेपाली युवाहरुको समुह व्लु व्वाईज युनियनले सरसफाई गरी मन्दिर क्षेत्र सफा र सुन्दर बनाएका छन् ।

विगत लामो समय देखी कसैको नजरमा मन्दिर नपरेकाले र रेखदेखको अभावले मन्दिरलाई स–साना रुखका झाडीले घेरको र मन्दिर आसपासमा फोहोर जम्मा भएको थियो । मन्दिर परिसरमा देखिएको दुरावस्था देखर ओशाकामा सामाजिक कार्यमा क्रियाशील नेपाली युवाहरुको नजरमा परेर जिम्मेवारी बोध गरी सरसफाई गरेका हुन् ।

जापानको ओशाकामा विभिन्न पेशा व्यवसायमा कार्यरत नेपाली युवाहरुको समुह व्लु व्वाईज युनियनले मन्दिर परिसर सरसफाई गरेको हो । उक्तm समुहले हिन्दु महिलाहरुको पवित्र पर्व हरीतालिका तिजलाई मध्य नजर गरेको मन्दिरको आंशिक सर–सफाई गरेको थियो भने अहिले आउँदै गरेको नेपालीहरुको महान् चाड बडा दशैंलाई मध्य नजर गरेर युनियनले सरसफाई गरेको । सर–सरफाई गर्दा जम्मा भएको एक ट्रक भन्दा बढी फोहोर ओशाका नगरपालिकाको वडा कार्यालय मार्फत विस्थापनको व्यवस्थापन गरिएको हो ।

लुम्बिनी शान्तिी बगैंचाका रुपमा परिचित पार्क परिसरमा विभिन्न देशका धार्मिक कला कौशल भएका आ–आफ्नै धर्म संस्कृतीका मठ मन्दिर रहेका छन् । पार्क भित्र नेपालको प्राचिण कला कौशल र हिन्दु धर्मको आस्थाको केन्द्र भगवान् पशुपतीनाथको मन्दिर रहको छ । मन्दिरसँगै सानो पर्यटकिय पोखरी रहेको छ भने पार्क भित्र नेपाली र अन्य एक सय भन्दा बढी प्रजातीका बोट विरुवाहरुले सजिएको पार्कमा अन्य देशका मठ–मन्दिरहरु स्वच्छ र सफा रहेका वेला नेपाली पशुपतीनाथको मन्दिर भने फोहोर र झाडिले ढाकिएको थियो । अन्य देशका मन्दिरहरुको तुलनामा पशुपतिनाथको मन्दिर ठुलो र भव्य रहेको छ । सर–सफाई कार्यक्रममा ईस्पाई मार्ट ससुराली घरले खाजा र पानीको व्यवस्था गरेको थियो ।

सन् १९९८ मा जापानका राजपारिवारका सदस्यको निमन्त्रणामा नेपालका राजा श्री ५ वीरेन्द्र र रानी ऐश्वर्यको जापान भम्रणका क्रममा जापानको अन्र्तराष्ट्रिय फुल र हरियाली संघ जापानले राजपरिवारको सम्मानमा नेपाली पैगोडा शैलीको वास्तुकला युतm पशुपतीनाथको मन्दिर बनाई दिएको हो । नेपालीहरुको वाक्लो उपस्थितीमा रहेको ओशाकामा हाल १२ देखि १५ हजारको हाराहारीमा नेपालीहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्