Logo

ललितपुरको नख्खु खोलाले बगाएका तीन जनाको उद्धार, एक अझै बेपत्ता



काठमाडौं, १२ असोज । अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा बेपत्ता भएका मध्ये तीन जनाको उद्दार गरिएको छ ।

बाढीमा फसेका उनीहरुले टहराको छानोमा बसेर लामो समय उद्दारका लागि कुरिरहेका थिए । उद्दार हुन नपाउदै उनीहरुलाई बाढीले बगाएको थियो । बाढीले बगाएका चार जनामध्ये ३ जनाको उद्दार गरी पाटन अस्पताल पठाइएको स्थानीय पूर्ण केसीले जानकारी गराएका छन् । एक जना भने अझै बेपत्ता छन् ।

‘हामी सबै मिलेर उद्धार गरेका हौं । खोलामै पसेर निकालिएको हो । तीन जनाको उद्दार भएको छ । पूर्व डिआईजी अशोक सिंह सरकारले गाडीमा हालेर उहाँहरुलाई पटन हस्पिटल पुर्याउनु भएको छ । उद्दार गरिएको मध्ये एक जनाको होस खुलेको छ । उनका अनुुसार त्यहाँ चार जना थिए । एक जनालाई चाहीँ उद्धार गर्न सकिएन । एक बच्चासहित ३ जनाको उद्दार भएको हो । होस खुलेको ती व्यक्तिले बताएअनुसार बेपत्ता रहेको एक जना पनि बच्चा नै थिए,’– स्थानीय पूर्ण केसीले रिपोर्टर्स नेपालसँग भने ।



प्रतिक्रिया दिनुहोस्