Logo

विपद् व्यवस्थापनमा काठमाडौं महानगर प्रहरीका १७ वटा टोली परिचालन



काठमाडौं, १२ असोज । काठमाडौं महानगरपालिकाले विपद व्यवस्थापनमा नगर प्रहरीको १७ वटा टोली परिचालन गरेको छ । टोलीमा नगर प्रहरीका अधिकृत र जवान गरी ३ सय जना परिचालित रहेको महानगर प्रमुख बालेन्द्र शाहले जानकारी गराएका छन् । महानगर प्रमुख शाहका अनुसार अहिले विपद् व्यवस्थापनमा खटिइएको टोलीले डुवान भएका बस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेका् छ ।

वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या बाढीका कारण देखिएको र समाधानको प्रयास भइरहेको बताइएको छ । स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास भइरेको बताइएको छ ।

‘विपदमा आफू र परिवारलाई बचाउनु तथा आपतमा परेकालाई जोगाउने हरेक नागरिकको दायित्व हो । आवश्यक सतर्कता अपनाऔँ । विपद सामना गर्न पूर्व तयारी गरौँ । जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए काठमाडौँ महानगरपालिकाका हटलाइन्हरु १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराऔँ । साथै आपतकालीन अवस्थाहरूमा अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स प्रयोग गर्न १०२ मा फोन गरौँ,’– महानगर प्रमुख बालेन्द्रले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्