Logo

अविरल वर्षा अपडेटः देशभरका ४४ वटा राजमार्ग पूर्ण रुपमा अवरोध (सूचीसहित)



काठमाडौं, १२ असोज । बिहीबारदेखि सुरु भएको अविरल वर्षका कारण देशभरका ४४ वटा मुख्य राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार कूल ५१ वटा राजमार्गमा पहिरो गएर अवरुद्ध भएको भएपनि ५ वटा सूचारु भइसहेका छन् । त्यस्तै, २ वटा सडक एकतर्फी सुचारु भएका छन् ।

धनकुटाको साँगुरीगढी नगरपालिका– ५ पहिरे भन्ने ठाउँमा पहिरो जाँदा रवि राँके भेडेटार खण्ड पूर्ण रुपमा अवरुद्ध भनेको थियो । अहिले उक्त सडक खण्ड पूर्ण रुपमा सुचारु भएको छ ।
त्यस्तै, सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा पहिरो जाँदा अवरुद्ध भएको सडक, अर्घाखाँचीको सन्धीखर्क–६ दहखोलास्थित पहिरो जाँदा अवरुद्ध बनेको गोरुसिंगे हाईवे सडक खण्ड, कपिलवस्तुको शिवराज–५ भाइरल डाँडानजिकै पहिरो जाँदा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग र बझाङको छबिसपाथिभेरा गाउँपालिकास्थित पहिरो जाँदा अवरुद्ध बनेको जय पृथ्वी राजमार्ग सुचारु भएको छ ।

त्यस्तै, पाल्पाको बगनासकालि गाउँपालिकास्थिति रायडाँडामा पहिरो जाँदा अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग र नवलपूर (बर्दाघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका–१ जन्तीपहिरोस्थित पहिरो जाँदा अवरुद्ध बनेको कालिगण्डकी करिडोर सुचारु भएको छ । स्रोतः नेपाल प्रहरी

यी हुन् पहिरोका कारण अवरुद्ध राजमार्गहरु



प्रतिक्रिया दिनुहोस्