Logo

अविरल वर्षाका कारण नदीको सतह बढ्दो (फोटोफिचर)



काठमाडौं, १२ असोज । लगातार वर्षाका कारण काठमाडौंका नदीहरु बस्तीमा पसेका छन् । विभिन्न स्थानहरुमा बाढी र डुबानबाट क्षति पुगेको छ ।

बाढी र डुवानमा परेकाहरुको उद्दारमा बोटलगायतका उद्धार सामाग्रीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका जनशक्तिहरु खटिइएका छन् । काठमाडौंको विभिन्न स्थानहरुबाट ९४३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंको बागमती, विष्णुमति, धोबी खोला, भक्तपुरको हुनमन्ते खोलामा पानीको बहाव उच्च भएको छ । कतिपय ठाउँबाट नदी बस्तीमै पसेको छ । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्