Logo

झ्याप्लेखोला पहिरो अपडेट: थप १० जनाको शव निकालियो



काठमाडौं । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका गाडीबाट थप १० जनाको शव निकालिएको छ । सशस्त्र प्रहरीका अनुासर आइतबार ८ पुरुष र २ महिला गरी १० जनाको शव निकालिएको हो ।

यसअघि शनिबार राति १४ जनाको शव निकालिएको थियो । यससँगै शनिबार गएको उक्त पहिरोमा परेर मृत्यु भएकाहरुको संख्या २५ पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

पहिरोमा बस र माइक्रोबसहरु पुरिएको बताइएको छ भने अझै पनि उद्दार कार्य जारी रहेको छ । रुपन्देहीको बुटवलबाट आउँदै गरेको माइक्रो बस शनिबार झ्याप्लेखोलामा पहिरोमा पर्दा बसमा सवार सबै १४ जनाको ज्यान गएको थियो । ज्यान गुमाउने १४ मध्ये ८ जनाको पहचिान खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्