Logo

झ्याप्लेखोला पहिरोमा ४ वटा बस पुरिएको पुष्टि, हालसम्म ३० जनाको शव निकालियो, आफन्तहरु घटनास्थलमा



काठमाडौं । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका ४ वटा बसबाट आज थप १६ वटा शव भेटिएका छन्। यसअघि हिजो शनिबार १४ जनाको शव निकालिएको थियो।

योसहति झ्याप्ले खोला पहिरोमा परेर हालसम्म ३० जनाको ज्यान गएको छ । थप शवहरु खोज्नेक्रम जारी रहेको प्रहरीले जनाएको छ ।

गोरखा, चितवन लगायतका जिल्लाबाट घटनास्थल आईपुगेका उनीहरूले सनाखतका लागि नाम सहितको विवरण प्रहरीलाई टिपाएका छन् ।

अहिलेसम्म पुरिएका गाडीहरूबाट ३० जनाको शव संकलन भएको प्रहरीले जनाएको छ । शनिबार र आइतबार गरी उक्त सङ्ख्यामा शव फेला परेको हो । झ्याप्ले खोलामा भेटिएको सबै शव त्रिवि शिक्षण अस्पताल ल्याइने प्रहरीले जनाएको छ। 



प्रतिक्रिया दिनुहोस्