Logo

सरकारसँग कांग्रेस नेताको माग, ‘रवि र धनराजलाई एकै पटक थुन’



काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले सहकारी ठगी प्रकरणमा डामिएका रवि लामिछाने र धनराज गुरुङलाई एकै पटक थुन्न सरकारसँग माग गरेका छन् । लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत हुन् । त्यस्तै धनराज नेपाली कांग्रेसका उपसभापति एवं पूर्व कानुनमन्त्री हुन् ।

उनीहरु दुवैमाथि सहकारी ठगीको आरोप लागेको छ । ‘रवि लामिछाने धनराजलाई एकै पटक थुन। यो गरेनौ भने दैवी विपत्ति पनि थैग्दैनौ। म Harvard MIT हैन डाँका बचाउने। Undergraduate ले Harvard हुँ भन्दैनन् ! यो संसारमा एउटा गाउँ छ त्यो गोरखा हो म गोर्खाली हुँ,’- नेता बजगाईँले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्