Logo

झ्याप्लेखोला पहिरो: थप ५ शव फेला, मृतकको संख्या ३५ पुग्यो, २६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइयो



काठमाडौं । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका४ वटा बसबाट ३५ जनाको शव फेला परेको छ । बिहानसम्म ३० जनाको शव निकालिएकोमा अहिले थप ५ वटा शव फेला परेकोछ ।

प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेको हो । प्रहरीका अनुसार पहिरोमा पुरिएका माइक्रो बस र बस भेटिएको छ । पहिरोमा परेकाहरुको अहिलेपनि उद्धार कार्य जारी रहेको र २६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

गोरखा, चितवन लगायतका जिल्लाबाट घटनास्थल आईपुगेका उनीहरूले सनाखतका लागि नाम सहितको विवरण प्रहरीलाई टिपाएका छन् । घटनास्थलमा उत्खनन जारी रहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्