Logo

अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनः विधानमा के छ ? (पूर्णपाठसहित)



काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन जारी रहेको छ । गत असोज १० गते पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मेलनको उद्घाटन गरेका थिए । अगामी असोज १४ गतेसम्म चल्ने सम्मेलनमा अहिले विधानमाथि छलफल भइरेहको छ ।

हाल छलफल भइरहेको विधानमोजिम राष्ट्रिय सम्मेलनले ३३ सदस्यीय पदाधिकारीसहित कूल २४३ सदस्य केन्द्रीय समिति चयन गर्नेछ । जिल्लाको समानुपातिक प्रतिनिधित्वको आधारमा केन्द्रीय समिति निर्वाचित गरिने छ ।

त्यस्तै, एकता प्रकृया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने व्यवस्था समेत विधानमा समावेश गरिएको छ । केन्द्रीय समितिको बढिमा एक तिहाई सचिवालय हुने र आवश्यकताअनुसार केन्द्रीय कार्यालय, केन्द्रीय विभागहरु तथा केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्ने व्यवस्था विधानमा गरिएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्