Logo

नुवाकोटको चापाकोटमा माइक्रोबस दुर्घटना, दुई जनाको अवस्था गम्भीर



काठमाडौं । काठमाडौंबाट लमजुङ जान लागेको माइक्रोबस नुवाकोटमा दुर्घटना भएको छ। माइक्रो छहरे–टोखा सडकखण्डमा दुर्घटना भएको जिल्लाम प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

नुवाकोट प्रहरीका अनुसार ग १ ख ४५२५ नम्बरको हाइस सडकबाट डेढ सय मिटर तल खसेको थियो। दुर्घटनामा ११ जना घाइते भएका छन्।

२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।



प्रतिक्रिया दिनुहोस्