Logo

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, आजै मन्त्रिपरिषद्को बैठक बस्ने



काठमाडौं । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

धानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत थिए ।ओलीको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललगायत विमानस्थल पुगेका थिए ।

ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई सम्बोधन गरेका थिए । भने अमेरिकामै रहँदा भारतसहित विभिन्न देशका सरकार प्रमुखसँग भेटवार्ता गरेका थिए । धानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते न्युयोर्क प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओली स्वदेश फर्केलगत्तै प्राकृतिक प्रकोपबाट उत्पन्न विपत्तिको समाना गर्न रणनीति बनाउन मन्त्रिपरिषद्को बैठक आह्वान गरिएको छ । विगत दुई दिनसम्मको अविरल वर्षका कारण उत्पन्न प्राकृतिक विपत्तिमा ज्यान गुमाएका परिवार, घाइते र विस्थापितहरुलाई राहत तथा पुनर्स्थापनाको विषयमा छलफल गर्न बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ ।  file photo



प्रतिक्रिया दिनुहोस्